शनिबार, बैशाख १५, २०८१

भोलीबाट लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियान सुरु

काठमाडौ मार्ग ८, घर शान्ति नै विश्व शान्तिको आधार, पुनः निर्माण, शिक्षा र समान व्यवहार’ भन्ने मुल नारा सहित राष्ट्रिय महिला आयोगले यस वर्ष १६ दिने 83cce6b264f34fc6b2b3278833cbcca6लैङ्गिक हिंसाविरुद्धको अभियानमा विद्यालयस्तरीय कार्यक्रमलाई विशेष जोड दिने भएको छ । लैङ्गिक हिंसाबारे विद्यार्थीलाई जानकारी गराउनुपर्ने आवश्यकता औल्याउँदै आयोगले बुधबारदेखि आयोजना गरिने सो अभियानमा विशेष गरी विद्यार्थीलाई सहभागी गराउने उद्देश्य रहेको जनाएको छ ।

बुधबार बिहान ७ः३० बजे भृकुटीमण्डपबाट प्रभातफेरि सहित सुरु गरिने १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानमा अन्र्तगत आयोगले झापा, चितवन, रुपन्देही, नेपालगन्ज र कञ्चनपुरका विभिन्न विद्यालयमा   अन्तक्रिया गर्ने जनाएको छ ।