बुधबार, बैशाख १२, २०८१

आयोग र मधेसी मोर्चाका नेताहरुवीच छलफल

जारी आन्दोलनलाइ यथाशीघ्र हल नगरिए सामाजिक सद्भावसमेत खलबलिन सक्नेतर्फ आयोगको ध्यानाकर्षण

काठमाडौ मार्ग ७,  राष्ट्रिय मानवअधिकार आयोग र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासंग जारी मधेस आन्दोलको सवालमा विशेष छलफल भएको छ । छलफलको क्रममा आयोगका पदाधिकारीहरुलाइ आफ्नो शान्तिपूर्ण आन्दोलनको जानकारी गराउदै आन्दो्लनमा राज्यले प्रहरी दमन सहित घरघरमा पुगेर NHRC_Nepal_Press_Release_on_Meeting_with_Madhesh_Leadersप्रहरीले कुटपिट गर्नुको अलावा टाउको छातीमा ताकेर गोली प्रहार गर्ने जस्ता कार्य नगर्न सरकारको नाममा निर्देशन दिन आग्रह गर्दै मोर्चाका नेताले समस्या यथाशीघ्र हल नभए सामाजिक सद्भावसमेत खलबलिन सक्नेतर्फ ध्यानाकर्षण गराउँएका छन ।  त्यस्तै मोर्चाका नेता लक्षण लाल कर्ण , अशोक कुमार राइ सिकेलाल राजेन्द्र प्रसाद श्रेष्ठ, देवेन्द्र यादव अमरेश नारायण झा मनिष कुमार सुमन लगायतका नेताहरु सहभागी उक्त छलफलमा नेताहरुले आन्दोलनको क्रममा एम्बुलेन्स तथा औषधि बोकेका साधनमा आगो लगाउने तथा तोडफोड गर्ने कार्य आफ्ना कार्यकर्ताले नगरेको जिकिर गर्दै ती घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन पनि आयोगसँग आग्रह गरेका छन् ।

साथै त्यस क्रममा मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले सरकारले आफूहरुको मागलाई गम्भीर रुपमा नलिनुको अलावा कार्यसूचीबिना बैठकमा बोलाउँदा समस्या थप जटिल बन्दै गएको भन्दै सार्थक वार्तामा बोलाइ समस्याको हल खोज्नुपर्नेे जोड दिनुभएको आयोगका सदस्य एवम्  प्रवक्ता मोहना अन्सारीद्दारा आज जारी विज्ञप्तिमा उल्लेख  गरिएको छ।

त्यस्तै विज्ञप्तिमा मोर्चाका नेताहरुको यस्तो आग्रह पछि आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले मधेस आन्दोलनको क्रममा विभिन्न जिल्लामा भएको घटनालाई गम्भीर रुपमा लिएको जानकारी दिँदै प्रहरीले र आन्दोलनकारी दुवै पक्षले आन्दोलनको क्रमम छाती र टाउकामा गोली हान्ने अधिकार कुनै पनि कानुनले कसैलाइ नदिएको भन्दै स्थानीय प्रशासन ऐनअन्तर्गतको अधिकार प्रयोग गर्न तथा नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने धारणा राख्दै तत्काल सार्थक वार्ताको माध्यमबाट समस्याको निकास खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको उल्लेख गरिएको छ ।