शुक्रबार, चैत्र १६, २०८०

वरिष्ठ हेभी इक्विपमेन्ट अपरेटर हटुवाल विरुद्ध मुद्दा दायर

काठमाडौ मागए ८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विद्युत् प्राधिकरण कुलेखानीका वरिष्ठ हेभी इक्विपमेन्ट अपरेटर रामशरण हटुवाल विरुद्ध 10923668_433567213459267_4650028694648365497_nमुद्दा दायर गरेको छ । अख्तियारका अनुसार निजले सरकारी सेवा सुरु गर्दा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको जनाएको छ ।
त्यस्तै हटुवालले पेस गरेको विहार विद्यालय परीक्षा समिति पटना, भारतबाट सन् १९८३ सालमा माध्यमिक तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् झूट देखिएकाले हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।