शनिबार, बैशाख १५, २०८१

भूकम्पले भन्दा भारतको अघोषित नाकाबन्दीले अर्थतन्त्रमा बढी असर गरेको वक्ताहरुको ठहर

काठमाडौ कात्तिक २३ , राष्ट्रिय अनलाइन पत्रकार संघले दीपावलीको अपसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका सहभागी वक्ताहरुले नेपालको अर्थतन्त्रमा गत बैशाखमा गएको महाभूकम्पले भन्दा अहिले भारतले गरेको अघोषित नाकाबन्दीले बढी असर गरेको बताएका छन् । कार्यक्रमलाइ सम्बोधन गर्दै कांग्रेसका सांसद जगदीश्वर नरसिंह केसीले सरकारले जारी समस्या समाधानको लागि कुटनीतिक पहलको सुभारम्भ गर्नुको साटो भारतका बिरुद्द जनमत सिर्जना गर्ने काम गरेको बताउँदै सरकारको रवैयाका कारण समस्या दिनानुदिन जटिल बन्दै गइरहेका बताउँनु भएको छ ।

त्यस्तै नेकपा एमालेका सांसद रामेश्वर फुयालले पनि भूकम्पले भन्दा एक हजार गुणा बढी देशलाई नोक्सान अहिलेको नाकाबन्दीले भएको जनाउँ दिदै विगतमा मात्र नभइ पटक पटक भारतको तर्फबाट यस्तै व्यवाहर हुँदा  पनि चेतना नखुलेका कारण नेपालीहरले बारम्वार यस्तो समस्या भोग्नु परेको बताउँनु भएको छ ।
कार्यक्रममा बिज्ञान तथा बाताबरण मन्त्रालयका पुर्ब नियन्त्रक राजनाथ पन्त, मानब अधिकार काउन्सिलका अध्यक्ष तुलसी थापा, नेपाल प्रेस क्लबका अध्यक्ष रामकृष्ण कर्माचार्य,आइटी प्रबिधि क्षेत्रका नारायण न्यौपाने , कृषि अभियन्ता शिब अधिकारी लगायतका बक्ताहरुले आफ्ना धारणा राखेका थिए ।  अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानाले अन्तर्रा्ष्ट्रिय सन्धि सम्झौता विपरित भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको विरोध गर्दै जनताका प्रतिनिधिले नयाँ संविधान बनाउँदा नाकाबन्दीको सजाय भोग्नु परेको बताउँदै सरकार चुप लागेर बसेकोमा आक्रोश पोखेको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।