शुक्रबार, बैशाख १४, २०८१

पत्रकार गिरीको निधन

काठमाडौं कात्तिक २४, नेपाल पत्रकार महासंघ काठमाडौंका साधारण सदस्य एवम् केन्द्रीय पार्षद पत्रकार डम्बरकुमार गिरीको मस्तिष्काघातका कारण आज बिहान ५० वर्षको अल्पायुमा निधन भएको छ ।  जुझारु एवम नेपाली पत्रकारिता र साहित्य जगतमा एक उज्जवल नक्षत्रका रुपमा क्रियाशील हुँदै भूगोल’ मासिकका  सम्पादक तथा प्रकाशकको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउँनु भएका पत्रकार गिरीको पितामाता, श्रीमती र दुई छोरी छन् ।

त्यस्तै पत्रकार गिरीको ‘हिमालकी छोरीः पासाङ ल्हामु’, ‘युग पुरुष’, ‘विचार कुञ्ज’, ‘पवित्र क्रान्ति’, ‘ब्रह्मास्त्र’ आदि पुस्तक प्रकाशित भइसकेका छन् । यसैवीच पत्रकार गिरीको असामायिक निधन प्रति नेपाल पत्रकार महासंघ केन्द्र , काठमाडौं शाखा तथा विभिन्न सञ्चार सम्बद्ध संस्थाहले दुख व्यक्त गरेको छ । यसैक्रममा मृत आत्माको चिर शान्तिको कामना गर्दै कान्तिपुर हटलाइन डटकमको तर्फबाट पनि यस दुखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गर्न सकुन भन्दै हार्दिक समवेदना प्रकट गरेको छ ।  उहाँको आजै अपराह्न १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताईएको छ ।