बुधबार, बैशाख १२, २०८१

बेपत्ता पत्रकारहरुको अवस्था सावर्नजनिक गर्न सरकार प्रतिवद्ध : गृहमन्त्री बस्नेत

आन्दोलनको स्वरूप परिवर्तन गर्न मधेसवादीदललाइ मन्त्री बस्नेतको आग्रह

काठमाडौ कात्तिक ३०, नेपाल पत्रकार महासंघले अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइफजे)को सहकार्यमा “दण्डहिनता अन्त्य गर अभियान २०१५” अन्तर्गत आज DSC_0204[1] DSC_0180[1]राजधानीमा आयोजित “विदआउट अट्रेस स् मिडिया वकर्स मिसिङ इन द एशिया प्यासिफिक” अर्थात एशिया प्यासिफिकमा वेपत्ता पारिएका सञ्चारकर्मीहरुको जानकारी सहितको अनलाइन सार्वजनिक गर्न आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल सरकारका गृहमन्त्री शक्तिबहादुर बस्नेतले मधेसमा जारी आन्दोलन तर्फ लक्षित गर्दै बन्द, हडताल र नाकाबन्दीका कारण मुलुकले ठूलो क्षति व्यहोरिरहेको अवस्थामा आन्दोलन स्थगन वा स्वरूप परिवर्तन गरी संवादका माध्यमबाट समाधान खोज्न आग्रह गर्नु भएको छ । त्यस्तै सम्बोधनको क्रममा गृहमन्त्री बस्नेतले बेपत्ता पत्रकारहरुको अवस्था यथाशीघ्र सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गर्दै सरकार यी बेपत्ता पत्रकारहरुको अवस्था सावर्नजनिक गर्नका लागि यथोचित कदम सहित सहयोगीको भूभिका निर्वाह गर्न तयार रहेको बताउँनु भएको छ ।
प्रस्तुत अनलाइनमा नेपालका ४ जना समेत गरि १० जना पत्रकार क्रमस र सञ्चारकर्मीहरुको विषयमा केन्द्रित गरिएको छ । जसमा जुआनिता निल्सन (अस्ट्रेलिया), अहमद रिल्वान अब्दुल्लाह (माल्दिभ्स), जोए एस्ट्राइबर (फिलिपिन्स), प्रकाश सिंह ठकुरी, चित्र नारायण श्रेष्ठ, मिलन नेपाली, मदन पौडेल (नेपाल) र प्रगिथ एक्नालिगोडा,सुब्रमन्यम रामाचन्द्रन तथा वादिवेल निमलाराजा (श्रीलंका) रहेका छन् ।

यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले बेपत्ता नेपाली पत्रकारहरुका बारेमा जानकारी दिँदै पत्रकारको अवस्था सार्वजनिक गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने त्यस्तै पत्रकारको सुरक्षा र स्वतन्त्राको ग्यारेण्टी गर्नु माग गर्नु भएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय सुदिप पाठकले हत्या गरिएका र बेपत्ता पत्रकारहरुको अवस्था बाहिर ल्याउनका लागि आयोग विगतदेखि नै सक्रिय रहेको र यी ४ जना पत्रकारहरुको अवस्थाका बारेमा अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै यसका लागि सरकारले विशेष ध्यान दिनु पर्ने बताउनु भएको थियो ।