शुक्रबार, बैशाख १४, २०८१

विना पूर्वाग्रह पत्रकारको सुरक्षाको पूर्ण ग्यारेन्टी गर्ने मन्त्री राइको प्रतिवद्धता

काठमाडौ कात्तिक २३,  नेपाल पत्रकार महासङ्घले नवनियुक्त सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईको सम्मानमा आयोजित स्वागत कार्यक्रममा बोल्दै ser-dhan-rai-मन्त्रीराइले सञ्चार क्षेत्रका विज्ञसँग परामर्श पछिमात्र विना आग्रह र पूर्वाग्रह पत्रकारलाई हकहितका लागि श्रमजिवी ऐनको कार्यान्वयन तथा सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले तराइमा जारी मधेस आन्दोल प्रति लक्षित गर्दै कुनै प्रसंगमा विमति छ भने संवादबाट त्यसको हल गर्नु पर्नेमा जोड दिदै आन्दोलन समस्याको समाधान नभएको जिकिर गर्नुभएको छ । साथै उहाँ सिमानाकामा भारतीय पक्षद्दारा जारी राखेको नाकाबन्दी समाधानको लागि कूटनीतिक पहलबाट समस्या समाधानका लागि सरकार लागिपरेको जनाउँ दिदै छिट्टै प्रस्तुत समस्या समाधन हुँने विस्वास समेत व्यक्त गर्दै मुलुकको सार्वभौमिकतालाई अक्षुण्ण राख्ने जगमा सरकार उभिएकाले त्यसमा काँग्रेसको सहयोगको अपरिहार्य रहेको बताउँनु भएको छ ।  कार्यक्रममा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चार क्षेत्रका समस्या मन्त्री राइलाइ अवगत गराउँदै सोको समाधान गर्न सरकारको सहयोगको अपेक्षा गर्नु भएको प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।