शुक्रबार, बैशाख १४, २०८१

भारतीय सीमा सुरक्षाका सुरक्षाकर्मी प्रवेशबारे सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौ मार्ग १४, सरकारले हतियारसहित भारतीय सीमा सुरक्षाका सुरक्षाकर्मी (एसएसबी) हतियार सहित नेपाल प्रवेश गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण Captureभएको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी आइतबार बिहान ७ बजे झापाको केचना–४ स्थित खुट्टामुनि गाउँमा भारतीय एसएसबीका १३ जना सशस्त्र हतियारसहित नेपाली सीमामा प्रवेश गरेको घटनाप्रति गम्भीर चासो देखाएको हो ।

त्यस्तै मन्त्रालयले उ घटनाप्रति परराष्ट्र मन्त्रालयले आइन्दा यसरी नेपाल प्रवेश गर्ने घटना नदोहो¥याउन नेपालस्थित भारतीय राजदूतावासमार्फत भारतलाई आग्रह गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।