शनिबार, बैशाख १५, २०८१

भक्तपुर महासंघद्धारा प्रजिअ रायाद्दारा गरिएको दुव्र्यबहारको भत्र्सना

महासंघले लगेको नामावली सहितको पत्र फयाकेर ‘म आयल निगम होईन, म पेट्रोल दिन सक्दिन, तपाईहरु जे गर्न सक्नुहुन्छ गर्नुस्, मलाई भन्ने हैन, तपाईहरु पेट्रोल माग्न मन्त्री कहाँ जानुस्, जहाँ जान सक्नु हुन्छ जानुस्’ भन्दै गैर जिम्मेवारी र अभद्र ढंगबाट प्रस्तुत

भक्तपुर कात्तिक २४, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी तोयम रायाले आज नेपाल पत्रकार महासंघका पदाधिकारी तथा Captureसंचारकर्मीलाइ दुव्र्यबहार गरेका छन् । नेपाल पत्रकार महासंघ भक्तपुरको नेतृत्वमा जिल्लामा कार्यरत क्रियाशिल संचारकर्मीहरुका लागि समाचार सङकलनमा जान पेट्रोल उपलब्ध गराईदिन माग गर्न गएका महासंघका पदाधिकारी तथा संचारकर्मीलाई प्रजिअ रायले दुव्र्यबहार गरेको महासंघका अध्यक्ष अमर भुजुले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा पुगेका संचारकर्मीले भक्तपुरमा क्रियाशिल संचारकर्मीको नामावली लिएर जाँदा भक्तपुरका प्रजिअ रायाले प्रशासन गएका पत्रकारलाई कुनै हालतमा ईन्धन दिन नसक्ने भन्दै अभद्र व्यबहार गरेको महासंघका सचिव जगत प्रजापतिले जानकारी दिनुभयो ।

fnj-bhkप्रजिअ रायाले महासंघले लगेको नामावली सहितको पत्र फयाकेर ‘म आयल निगम होईन, म पेट्रोल दिन सक्दिन, तपाईहरु जे गर्न सक्नुहुन्छ गर्नुस्, मलाई भन्ने हैन, तपाईहरु पेट्रोल माग्न मन्त्री कहाँ जानुस्, जहाँ जान सक्नु हुन्छ जानुस्’ भन्दै गैर जिम्मेवारी र अभद्र ढंगबाट प्रस्तुत भएको महासंघका उपाध्यक्ष सोम शर्मा (बजगाई)ले जानकारी दिनुभयो ।  महासंघले प्रजिअ रायाको यस्तो व्यवाहरको घोर भत्र्सना सहित खेद व्यक्त गरेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।