बिहिबार, चैत्र १५, २०८०

सशस्त्र प्रहरीद्वारा निःशुल्क बससेवा सञ्चालन

काठमाडौ कात्तिक २४, कात्तिक मुलुकमा भारतीय पक्षको अघोषित नाकाबन्दीका कारण इन्धनको चरम अभावभएपछि आम सर्वधारणले भोग्नु परेको यातायातको समस्यालाइ दृष्टिगत गर्दै सशस्त्र प्रहरी बलले आजदेखि तीनवटा निःशुल्क वस सञ्चालनमा ल्याएको छ । मुलत बिरामी तथा जेष्ठ नागरिक एवम् अपाङ्गहरुलाई APF-Logo- प्राथमिकता दिइने बताईएको उक्त वससेवाले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ समेट्ने गरी राति अबेरसम्म सञ्चालन गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यस्तै प्राप्त समाचारमा निःशुल्क वस सेवा हाललाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक, स्वयम्भूबाट कलङ्की, सितापाइला, स्वयम्भू, वनस्थली, बालाजु, गोङ्गबु, सामाखुसी, बसुन्धारा, महाराजगन्ज, धुम्बाराही, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै स्वयम्भूसम्मनै यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

यसैगरी, स्वयम्भूबाट गुडेको अर्को बस कलङ्की, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, धुम्बाराही, महाराजगन्ज, बसुन्धारा, सामाखुसी, गोङ्गबु, बालाजु, वनस्थली, स्वयम्भू, सितापाईला हुँदै कलङ्की पुगेर स्वयम्भू फर्किने बलले जनाएको छ । त्यस्तै अर्को बस स्वयम्भूबाट बालाजु, सोह्रखुट्टे, लैनचौर, जमल, रत्नपार्क, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सोही रुटबाट स्वयम्भू फर्किनेछ । यसअभिघ नेपाली सेनाले पनि यस्तै सेवा सञ्चालन गर्दै आइरहेका छन ।