बिहिबार, चैत्र १५, २०८०

मुलुकको समृद्धिका लागि गणेशमान सिंहको जस्तो त्यागको खाँचो : महामन्त्री सिंह

काठमाडौ कात्तिक २४, स्व गणेशमान सिंहको १०१औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह फाउन्डेसनद्दारा गणेशमान सिंहको जन्म शताब्दी कार्यक्रम  12208330_10153725579787329_6788132902732706834_nअन्र्तगत आज राजधानीको शोभागवतीमा आयोजित माल्यापर्ण कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहले सबै दललाई एकाकार गराएर जनआन्दोलनको नेतृत्व गरे जस्तै अब सबै दलहरू मिलेर आर्थिक क्रान्तिको विकुल फुक्नु पर्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले नेपालमै भएको प्राकृतिक स्रोत सम्पदालाई प्रयोग गरी नाकाबन्दीको विकल्प खोज्नुपर्ने बताउँदै मुलुकको वर्तमान राजनीतिमा पनि स्व गणेशमान सिंहले गरेको जस्तो त्यागको खाँचो आवश्यक रहेको बताउँनु भएको छ । यसैवीच गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा गणेशमान सिंहसँग जोडिएका विभिन्न सङ्घसंस्थाले आज विभिन्न कार्यक्रम गरि उहाँको १०१औँ जन्मजयन्तीमनाउँदै गरेको समाचारहरु प्राप्त भएको छ ।