शुक्रबार, बैशाख १४, २०८१

प्रम ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने तयारी

 प्रत्येक सार्वजनिक भाषणमा जनताको  सरकारको नेतृत्व गरेका बताउँने
प्रम ओली नेपाली जनता प्रति उत्तरदायि भए वा नभएको तथ्य प्रष्टाउँने

काठमाडौं कात्तिक २९, प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहाललाइ उदृत anup_20151112_35गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको नेतृत्वमा गठबन्धन्धन सरकार गठन भएको एकमहिना पुगेको अवसर पारेर ओलीले देशवासीको नाममा औपचारिक सम्बोधन गर्ने तयारी गर्नुभएको बताईएको छ । हुन त तिहार अगाडिनै प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरे पनि सरकारमा सहभागि दलसंग छलफल हुन नपाएको भन्दै त्यसवेला सम्बोधनको श्रृखला रोकिएको थियो ।

यसैवीच प्रम ओलीले आज गर्नु हुँने भनिएको सम्धोनमा भारतको तर्फबाट जारी नाकाबन्दीका कारण दशै र तिहार जस्तो महान पर्वको क्रममा पनि इन्धनको चरम अभाव सहनु परेका नेपाली जनताले जारी नाकाबन्दी, मधेस आन्दोलनलगायतका महत्वपूर्ण सवाल समेटिने अपेक्षा गरिएको छ । साथै प्रस्तुत सम्बोधननै प्रत्येक सार्वजनिक भाषणमा जनताको सरकारको नेतृत्व गरेका बताउँने प्रम ओली नेपाली जनता प्रति उत्तरदायि भए वा नभएको तथ्य प्रष्टाउँने र भावी मार्ग दर्शको रेखाङकन गर्ने सूचकको रुपमा हेरिएको छ ।