शनिबार, बैशाख ८, २०८१

प्रम ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौ कात्तिक २९, प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । तिहार अगावै सम्बोधन गर्ने बताइए पनि anup_20151112_35प्राविधिक कारणले रोकिएको  सम्बोधनको कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझको लागि तय गरिएको बुझिएको छ । प्रम ओलीको आजको सम्बोधनमा मुलुकमा संविधान जारी भएपछि गठन भएको गठबन्धन सरकार मधेसमा देखिएको समस्या, सो समस्या समाधानमा हालसम्म भए गरेका प्रयत्न, सरकारको भावी कार्यक्रम लगायत विषय सम्बोधनमा समावेश गरिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।