मङ्लबार, बैशाख ११, २०८१

राष्ट्रपति भण्डारी र प्रम ओलीद्दारा आतङ्कवादी हमलाको भत्र्सना

काठमाडौ कात्तिक २८ , राष्ट्रपति विद्यादेवी भण्डारीले गए राति फ्रान्समा भएको आतङ्कवादी हमलाको भत्र्सना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले उहाँका समकक्षी फ्रान्सिस होल्यान्डलाई सन्देश पठाई शोकको यस घडीमा नेपाल सरकार र नेपाली जनता फ्रान्स सरकार र फ्रान्सेली जनताको साथमा रहेको बताउनुभएको छ ।  फ्रान्सको राजधानी पेरिसका images (1)विभिन्न स्थानमा शुक्रबार राति दर्जनौँ विस्फोट भएको थियो । जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल भइरहेको राष्ट्रिय रङ्गशाला बाहिर सबैभन्दा ठूलो विस्फोट राति ९ बजे भएको थियो । सो आक्रमणमा परी हालसम्म १२० जनाको निधन भइसकेको बुझिएको छ ।

यसैवीच प्रधानमन्त्री केपी ओलीले पनि उक्त आतङ्कवादी हमलाको निन्दा गर्नुभएको छ । फ्रान्सका राष्ट्रपति फ्रान्सिस होल्यान्डलाई आज शोक सन्देश पठाउँदै प्रम ओलीले शोकका यस घडीमा फ्रान्स सरकार र फ्रान्सेली जनताका पक्षमा नेपाल सरकार र नेपाली जनता रहेको उल्लेख गर्नु भएको छ । त्यस्तै उहाँले शोक सन्देश प्रस्तुत आततायी हमला फ्रान्सेली जनतामाथिको आक्रमण मात्र नभई खुला समाज, लोकतन्त्र र सभ्य समाजविरुद्धको आक्रमण भएको सन्देशमा उल्लेख गर्नु भएको छ ।
साथै उहाँले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट राष्ट्रपति होल्यान्डप्रति समवेदना प्रकट गर्दै घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।