शुक्रबार, बैशाख १४, २०८१

नेपाली काँग्रेसद्दारा दुइ योद्धाको निधनमा शोक व्यक्त

काठमाडौ कात्तिक १५, नेपाली काँग्रेसले आज एक शोक बिज्ञप्ति जारी गर्दै पार्टीका दुइजना प्रजातान्त्रिक योद्धाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
nc flageपर्वत जिल्ला निर्वाचन क्षेत्र नं २, उराम गाविस निवासी पूर्णचन्द्र भुसाल र स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं १२ निवासी सुनबहादुर गुरुङको असामयिक निधनले पार्टीले कुशल योद्धा गुमाएको भन्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेको हो ।

त्यस्तै पार्टी मुख्य सचिव ऋषिकेश तिवारीद्धारा जारी बिज्ञप्तिमा प्रजातान्त्रिक योद्धाद्दय भुसाल र गुरुङ काँग्रेसद्वारा सञ्चालित हरेक लोकतान्त्रिक आन्दोलनमा उहाँ सक्रिय रुपले सहभागी जनाउँदै पार्टीको मजवुत खम्बाको रुपमा त्रियाहील रहेको उल्लेख गरिएको छ ।