शुक्रबार, चैत्र १६, २०८०

जायज माग सम्बोधन गर्न सरकारी वार्ता टोलीका संयोजक उपप्रम थापालाइ उच्चस्तरीय समितिको अख्तियारी

काठमाडौ कात्तिक १५, सत्तासाझेदार दलहरुवीचका शिर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको प्रधानमन्त्री निवास बालुुवाटारमा आज बसेको बैठकले आन्दोलनरत संयुक्त bartaलोकतान्त्रिक मधेसी मोर्चासँगको वार्तामा लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ । मुलुकमा जारी नयाँ संविधान प्रति असहमति जाहेर गर्दैै आन्दोलमा होमिएका मोर्चाका माग सम्बोधनका लागि सरकार लचिलो रहेको भनी आजै हुने वार्तामा आश्वस्त पारिने भएको छ ।

त्यस्तै बैठकले राष्ट्रियताको सवालमा भने कुनै सम्झौता नगर्ने नितिगत निर्णय गर्दै जायज एवम् कानुन सम्मत सवै मागलाइ सम्बोधन गर्न सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापालाई आवश्यक अख्तियारी दिएको बुझिएको छ । सरकारी वार्ता टोली र मोर्चाावीच आज अपराह्न ४ः०० बजे तेस्रो चरणको वार्ता हुँदैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेतको  उपस्थितिमा समितिका संयोजक एमाओवादीका अध्यक्ष  प्रचण्ड   संयोजकत्वमा  बैठक बसेको थियो ।