शुक्रबार, बैशाख १४, २०८१

जारी नाकाबन्दी भूपरिवेष्टित देशको विशेषाधिकार विपरित : नेता चन्द

काठमाडौ कात्तिक १७, नेकपा माओवादीका नेता नेत्रविक्रम चन्दले आज एक विज्ञप्ति जारी गर्दै भारतले अघोषित रुपमा जारी राखेको नाकाबन्दी गरेर नेपालकोे chandराष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि हस्तक्षेप भएको जनाएको छ।

त्यस्तै विज्ञप्तिमा जारी नाकाबन्दी भूपरिवेष्टित देशको विशेषाधिकार, राष्ट्रसङ्घीय सम्मेलनबाट पारित कानुन, विश्व व्यापार सङ्गठन कानुन, नाकाबन्दीपछि भएको पारवहन सन्धि, नेपाल–भारत द्विपक्षीय व्यापार सन्धि, एसियाली महादेशको कानुन, सार्क सदस्यताको हैसियत र स्वतन्त्र बजारको सुनिश्चितता गर्ने बिमस्टेक कानुन विपरीत रहेको भन्दै खुला सीमानाकाको नियमन तथा प्रवेश र अनुमतिपत्रको कार्या सिमा सुरक्षा बल परिचालन गर्न समेत माग गर्नुको अलावा तिहारलगत्तै भारतले लगाएको अघोषित नाकाबन्दी तथा कालोबजारी र भ्रष्टाचारका विरुद्ध पनि आन्दोलन गर्ने जनाएको छ ।