शुक्रबार, बैशाख १४, २०८१

आपूर्ति मन्त्रालयलद्दारा ग्यासको बिक्री तथा वितरण विवरण उपलब्ध गराउन उद्योगीलाई निर्देशन

eeeeeeeeeeeeeeeeवर्गीकरणको आधारमा सवारी साधनलाई इन्धन

nepal-oil-nigamकाठमाडौ कार्तिक १७, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास उद्योगीलाई कति परिमाणमा ग्यास आयात भएको हो, त्यसको बिक्री तथा वितरण गर्ने प्रणालीसमेत उपलब्ध गराउन निर्देशन दिएको छ ।  खाना पकाउने ग्यासको अनियमितता भएको, उद्योगबाटै ग्यास सिलिन्डर बिक्री गरिएको, बिक्रेता तथा बिक्री केन्द्रले नपाएको, समानुपातिक वितरण नभएको पाइएपछि जारी निर्देशनामा ग्यास उद्योगीलाइ आयात गरिएका खाना पकाउने ग्यासको परिमाणसहितको विवरण नेपाल आयल निगमलाई उपलब्ध गराउन भनेको छ । यसको लागि मन्त्रालयले नियमितरुपमा जानकारी गराउन भन्दै ४२६३४९९ wwwwwwwwwwwwनम्बरको फ्याक्ससमेत उपलब्ध गराएको छ ।

यसैवीच  तिहार र छठ पर्वको लागि भन्दै आयल निगमले वर्गीकरणको आधारमा सवारी साधनलाई इन्धन उपलब्ध गराउने भएको छ ।  निगमका अनुसार कात्तिक १९ गते बा १ प देखि बा ३० प सम्म, मोटरकार र जीप बा १ च देखि बा ५ सम्म इन्धन उपलब्ध गराइनेछ । यस्तै, कात्तिक २० गते बा ३१ प देखि बा ५० प सम्म र मोटरकार र जीपका हकमा बा ६ च देखि बा ८ चसम्म इन्धन उपलब्ध गराइनेछ । कात्तिक २१ गते बा ५१ प माथिका सबै मोटरसाइकललाई इन्धन उपलब्ध गराउने भएको  छ भने सोही दिन बा ९ च देखि माथिका सबै मोटरकारलाई काठमाडौँ उपत्यकाका सबै पेट्रोल पम्पबाट इन्धन उपलब्ध गराइने निगमका प्रवक्ता दीपक बराललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।