बिहिबार, बैशाख १३, २०८१

चाडपर्वको बेलामा हुन सक्ने अपराध न्यूनिकरणका लागि भक्तपुरको नपा क्षेत्रमा सीसी क्यामरा जडान

भक्तपुर कात्तिक १८ , नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार र नेपाल सम्बत् र छठ पर्वमा हुनसक्ने अपराध न्यूनीकरणका लागि भन्दै महानगरीय प्रहरी परिसर download (3)भक्तपुरले जिल्लाभरि नै आजदेखि घरदैलो अभियान सुरु गरेको छ ।

परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेखभए अनुसार आसन्न चाडपर्वको बेलामा हुने चोरी, डकैती, लुटपाट, मदिरा बिक्री वितरण, पटका बिक्री वितरण, जुवातास खेल्ने खेलाउने जस्ता अनेकन अपराधिक कार्य रोक्न यस किसिमको कार्यारम्भ गरिएको उल्लेख गरिएको छ ।  साथै प्रहरीको रात्रिकालीन सेवा सहित सादा पोसाकका प्रहरी परिचालन र पेट्रोलिङ गर्नुको अलावा भक्तपुर नगरपालिका क्षेत्रभित्र अपराध नियन्त्रण गर्न चोकचोकमा २० वटा सिसी क्यामरासमेत जडान गरेको बताइएको छ ।