बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद ,अघोषित नाकाबन्दी हटाउँन आग्रह

काठमाडौ कात्तिक १६, प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टोलिफोन गरी आजको वीरगन्ज घटनाबारे कुराकानी Untitled-1गर्नुभएको छ ।   टेलिफोन संवादको क्रममा भारतीय प्रम मोदीले वीरगञ्ज घटनामा भारतीय नागरिकको मृत्यु भएको विषयमा चासो व्यक्त गर्दा प्रधानमन्त्री ओलीले आन्दोलनकारीका पक्षबाट सुरक्षाकर्मीलाई आक्रमणको प्रयास भएकाले नियन्त्रणका लागि गोली चलाउँदा घटना भएको जानकारी दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

 त्यस्तै संवादकै क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाइ नेपालमा भारतीय नागरिक र सवारी साधनको सुरक्षाको कुनै चिन्ता नगर्न र नेपालमा निर्वाध आपूर्तिको व्यवस्थाका लागि आग्रह गर्दै अघोषित नाकाबन्दी हटाउँन भन्दै मधेसमा जारी आन्दोलन र समस्या समाधानका लागि भइरहेको प्रयासका वारेमा समेत कुराकानी भएको बुझिएको छ ।