शुक्रबार, बैशाख १४, २०८१

छठपर्व : अस्ताउँदो सुर्यलाई अर्घ दिदै सँझिया घाट धुमधामका साथ मनाइयो

 काठमाडौं मार्ग १,  आज छठ पर्वको तेस्रो दिन राजधानी लगायत तराइका धेरैजसो जिल्लामा सूर्यदेवको उपासना गर्दै छठ पर्वको मुख्य पूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइएको छ । छठपर्वको अवसरमा राजधानीको टङकेश्वर,गुहेश्वरी,रानीपोखरी, त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपरको IMG_20151117_171526 IMG_20151117_165544 IMG_20151117_164556 IMG_20151117_163627हनुमानघाटलगायतकाजलाशयमा अस्ताउँदो सुर्यलाई अर्घ दिनेहरुको साँझ भिड लागेको थियो ।

आजको दिन छठमातालाइ वर्तालुहरुले नियमनिष्ठाका साथ पकाएका ठेकुवा, भुसुवाका साथै मिठाइ, केरालगायतका सामग्री सूर्यदेवलाई दर्शन गराई अघ्र्यको रुपमा अर्पण गर्ने नियम रहेको छ । भोली प्रातकालमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवतरुपमा यो पर्व सम्पन्न गरिन्छ ।

राष्ट्रपति भण्डारी गुह्येश्वरीमा : यसैवीच छठपर्वको अवसरमा आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा पुगेर छठमाताको पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गौरीघाटस्थित छठमाताको पूजा गरेपछि त्यस क्षेत्रमा पूजा र दीप प्रज्वलन शुभारम्भ गरिएको थियो ।  छठ पर्वको तयारीका लागि छठ पूजा समितिले गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदीमा सरसफाइका साथै ध्वजापताका र झल्लार बत्तीले दुलहीझै सजाइएको थियो ।