मङ्लबार, बैशाख ११, २०८१

जारी अघोषित नाकाबन्दी गलत प्रवृतिको उपज: महामन्त्री सिटौला

काठमाडौं मार्ग १, काँग्रेस वज्रबाराही नगर समन्वय समितिद्वारा आज छठ पर्वका अवसरमा गरिएको शुभकामना एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरुप नेपाल भूपरिवेष्टित मुलुक भएकै कारण पाउनुपर्ने पारवहन सुविधालाई कृष्णप्रसाद सिटौलाकहीँकतैबाट कसैले यो वा त्यो बहानामा रोक्न नमिल्ने बताउनुभएको छ ।

महामन्त्री सिटौलाले भारतको तर्फबाट सिमानाकामा जारी अवरोध प्रति लक्षित गर्दै जारी अवरोध आफैमा गलत प्रवृतिको उपज भएका कारण यस्तो गलत काम भारत जस्तो ठूलो मुलकको तर्फ जारी रहनु न्यायोचित नभएकोले जारी अघोषित नाकाबन्दी छिट्टै खुल्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै सम्बोधनकै क्रममा उहाँले मधेसवादी दलको तर्फबाट प्रस्तुत माग पूरा गराउँन सडकबाट नभइ संसदबाट दवाव दिनु पर्नेमा विशेष जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । कार्यक्रममा ललितपुर काँग्रेस सभापति एवम् सासंद मदनबहादुर अमात्यलगायतका वक्ताहरुले पनि धारणा व्यक्त गर्नु भएको बताईएको छ ।