शनिबार, बैशाख ८, २०८१

उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्दै आजबाट छठ पर्व सम्पन्न

काठमाडौं मार्ग २, राजधानी लगायत देशका विभिन्न भागमा आज विहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न गरिएको छ । राजधानीका 205473_476455939072902_937099541_nरानीपोखरी, कमलपोखरी, टङकेश्वर,शङखमूलमाभक्तजनले सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गरेको हो । यसअघि हिजो भक्तजनहरुले अस्ताउँदै गरेको सूर्यको पूजा गर्दै षष्ठी मातालाई अर्घ अर्पण गरेका थिए । सूर्यदेवलाई ठेकुवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद पनि अर्पण गरिएको थियो ।