शनिबार, बैशाख १५, २०८१

काँग्रेसलाइ भारतीय दलाल र आफूलाई राष्ट्रवादी ठान्नेहरूको व्यापार ह्वात्तै बढेको छ : महामन्त्री सिंह

काठमाडौं कात्तिक २१ ,नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पछिल्लो समयमा कांग्रेसलाई भारतीय दलाल देख्नेहरूको बाढी आएको देखेर आफू अचम्ममा परेको बताउनुभएको छ । सुनसरी जिल्लाको धरानमा नगर समितिले आज आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री सिंहले 12193774_10153720082187329_8125458172592521572_nयति बेला आफूलाई राष्ट्रवादी ठान्नेहरूको व्यापार ह्वात्तै बढेको बताउँदै राष्ट्र र जनताका लागि कांग्रेसले गरेको योगदानको कदर गर्नुको साटो केही दलहरूले अनावश्यक र झुठो आरोप लगाएर काँग्रेसलाइ बदनाम गराउँने अभियाननै सुरु गरेको बताउँनु भएको छ ।

यद्यपी उहाँले काँग्रेसको अडान र नेतृत्वमा ल्याइएको संविधानको विषयलाई कमजोर बनाएर गरिएको प्रचार बाजीको कुनै तुक नभएको भन्दै यति बेला कांग्रेस हारेको छ’, सिंहले भन्नुभयो मुलुक र जनताको जित भएको छ । तथापी सबै नेपाली जनतालाई कति पनि नआत्तिन समेत त्यस क्रममा अपील गर्नु भएको छ।
साथै महामन्त्री सिंहले तराई मधेसको समस्या समाधानका लागि आफ्नै नेतृत्वमा तत्काल काँग्रेसले पहल गर्ने भन्दै भारतीय नाकाबन्दीको अन्त्यका लागि कुटनीतिक पहलको आवश्यक्ता रहेको उल्लेख वजकिर गर्दै ‘सरकारले नाकाबन्दी खोल्नका लागि भारतसँग कुटनीतिक पहल गर्नुपर्नेमा उहाँको अभिमत रहेको थियो ।  त्यस्तै महामन्त्री सिंहले काँग्रेसलाइ बेवास्ता गरेर एमाले एक्लै हिँड्न चाहेको बताउनुभयो । एमाले सहमति र सहकार्यअनुरुप अगाडि बढ्न नचाहेको भन्दै भद्र सहमतिको नाममा एमालेले दोहरो चरित्र प्रदर्शन गरेका कारण विद्यमान परिस्थिति सिर्जना भएको र एमालेको प्रमुख दोषी रहेको उहाँको दावी रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच आजै धरानमा आयोजित अर्को एक कार्यक्रममा महामन्त्री सिंहले नेपालीले हिमाल पहाड र तराई वा मधेसवासीप्रति संवेदनशील भएर संविधानमा नै अधिकार सुनिश्चित गर्ने धेरै बुँदाहरु समेटेर अग्रज पत्रकार गिरिराज आचार्यद्वारा लिखित महानायक गणेशमान नामक पुस्तकको लोकार्पण तथा लौहपुरुष गणेशमान सिंहको प्रतिमामा माल्यार्पणसमेत गर्नु भएकोे थियो ।