बुधबार, बैशाख १९, २०८१

जुलुस, बन्द र हडतालमा बालबालिकाको प्रयोग नगर्न समितिको अपिल

काठमाडौ कात्तिक २१, केन्द्रीय बालकल्याण समितिले आन्दोलनको नाममा बालबालिकालाई जुलुस, बन्द, हडताल तथा आफ्नो स्वार्थमा प्रयोग नगर्न र नगराउँन अपिल गरेको छ । मुलुकमा संविधान जारी भएलगत्तै तराईका विभिन्न जिल्लामा भइरहेको आन्दोलनका क्रममा बालबालिकाको समेत प्रयोग हुँदै  1442152380 आएको अवस्थालाइ दृष्टिगत गत गर्दै समितिले यस्तो अपिल गरेको हो ।

त्यस्तै समितिद्वारा आज एक विज्ञप्ति जारी गर्दै जुलुस, बन्द, हडताल तथा आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रवृतिले बालबालिका आफ्नो अधिकारबाट बञ्चित हुनुको अलावा एकातर्फ विद्यमान नाकाबन्दी, बन्द, हडताल, जुलुस, नारा र पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासलगायतका अभावका कारणबाट सिर्जित अवस्थाले समग्र बालबालिकालाई डर, त्रास, भय, हिंसा, अशान्ति, अभाव, बाधा, विरोध र व्यवधानको सिकार भएको छ भने अर्कोतर्फ बन्द, हडताल तथा हत्या हिंसाका कारणले तराई मधेसका सम्पूर्ण विद्यालय बन्द हुन बाध्य भएका छन्, भूकम्पले थलिएको समग्र आर्थिक क्रियाकलाप, शिक्षा, स्वास्थ्यमा परेको प्रभाव, खाद्यान्न आपूर्तिलगायतको अभावजस्ता प्राकृतिक विपद्को पीडा कम हुन नपाउँदै मानव सिर्जित यस विपद्बाट मानवीय सङ्कट सिर्जना हुन थालेको अवस्थाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा यि र यस्ता यावत  घटनाक्रमका कारण नेपालले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलगायत बालबालिकाप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा व्यक्त गरेका प्रतिबद्धतामा समेत घात भएको भन्दै तत्काल बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई स्मरण गर्दै सम्बन्धित निकायलाई शान्तपूर्ण वातावरणमा बालबालिकाको विद्यालय जाने र आउने तथा शिक्षा आर्जन गर्न पाउने, औषधि उपचार गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नसमेत अपिल गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031