शुक्रबार, बैशाख १४, २०८१

कसमले बाँधी गयौ..

Image7

यो कस्तो कसमले बाँधी गयौ
भुलेर मर्न नसकिने
सम्झनाले बाँच्न नदिने

बेहोशीमा हराउँ भने पिउन नसकिने
रङ्गले मात्तिउँ भने गीर्न नसकिने
यो कस्तो बन्धनले बाँधी गयौ
अगाडि बढ्न नसकिने
पछाडि फर्किन नमिल्ने
यो कस्तो कसमले बाँधी गयौ

हाँसेर रमुँ भने हाँस्ने बहाना नहुने
रोएर ढलुँ भने आँशु सकि जाने
यो कस्तो दुबिधाले छोपि गयौ
हा“सो सकार्न नसकिने
रोएर बिदा गर्न नसकिने
यो कस्तो कसमले बाँधी गयौ

-गौतम डंगोल “सन्देश”