शुक्रबार, बैशाख १४, २०८१

आज यमपञ्चकको पाँचौँ दिन भाइटीका, उत्तम साइत मध्याह्न ११ः५५ मा मनाइदै

यमपञ्चक अर्थात् तिहारको ५ औं  दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई भाइटीका पर्व मनाइदैछ 

काठमाडौ कात्तिक २७ ,नेपाली मात्रको दोस्रो महान पर्व तिहार अन्र्तगत आज यमपञ्चकको पाँचौँ दिन भाइटीका दिदीबहिनीले 12239633_1186319904717973_8331264413122463020_nदाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ । आजको दिन लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्ट चिरञ्जीवी, बलीराजा, यमराज, यमुना र धर्मराजको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले 12227002_1187267204623243_5841392349170742675_nछेकेर टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्नुको अलावा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् । दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिन धार्मिक परम्परा छ ।

आज भाइटीकाको साइत मध्याह्न ११ः५५ मा उत्तम रहेको पनि उहाँले बताउनुभयो । त्यसअघि बारबेलाअनुसार कालयोग परेकाले कालबेला कटाएर शुभबेलाको साइत रहेको पञ्चाङ समितिले जनाएको छ । साथै यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्कनुपर्नेसमितिले जनाएको छ । त्यस्तै दिदीबहिनी नहुनेले राजधानीको रानीपोखरी स्थित यमलेश्वर नामले परिचित वालगोपालेश्वर मन्दिर र राजधानीकै काष्ठमण्डप मन्दिरमा अञ्जली दिदिले गर्ने सामूहिक भाइटीका कार्यक्रममा गई टीका लगाउने गर्दछन । प्रत्येक वर्ष यो मन्दिर भाइटीकाका दिनमा सर्वसाधारणका लाग खुला गरिने भएपनि  बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले बाहिरैबाट दर्शन गर्ने व्यवस्था मिलाइने बताइएको छ ।