शुक्रबार, बैशाख १४, २०८१

आज यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाइदै

काठमाडौ कात्तिक २४, नेपालीमात्रको दोस्रो ठूलो पर्व तिहारको दोस्रो दिन  अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न dogधार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ।

यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ। कुकुर यमराजको अर्को प्रीयभक्त हो। कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ।

कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।  त्यस्तै  आज बिहानै नरक चतुदर्शी पर्व  पनि मनाइदै छ।