शनिबार, बैशाख १५, २०८१

भारतको तर्फबाट जारी अघोषित नाकाबन्दी आफैमा न्यायोचित छैन : महामन्त्री सिहं

उखान टुक्काले मात्र मुलुक चल्दैन : काँग्रेस प्रचार विभाग प्रमुख डा.रिजाल

काठमाडौँ कात्तिक २३, नेपाल प्रेस युनियन महिला विभागद्वारा आज राजधानीमा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाइ सम्बोधन गर्दै पस्र्व उपप्रम तथा नेपाली 12193767_10153724072127329_6884842690244961665_nकाँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीच विद्यमान असल छिमेकीको सम्बन्धका वावजुद पनि यो वात्यो बहानामा मुलुकमा नयाँ संविधान जारी भएसंगै गरेको अघोषित नाकाबन्दी आफैमा न्यायोचित नभएको भन्दै नाकाबन्दीका कारण सिर्जित समस्या समाधानतर्फ सरकार गम्भीर नभएको बताउँनु भएको छ । त्यस्तै उहाँले सविधानको कार्यान्वयन गर्दै जारी मधेस आन्दोलनको समस्या हल गर्न र सविधान संशोधनलगायत समस्या समाधानका लागि सरकारलाइ काँग्रेसले सहयोग गर्न तयार रहेको त्यस क्रममा जानकारी दिनुभएको थियो ।  

कार्यक्रममा पूर्व सञ्चारमन्त्री एवम् काँग्रेसका प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओली प्रति लक्षित गर्दै उखान टुक्काले मात्र मुलकु नचल्ने भन्दै तत्काल मुलुकमा देखिएको समस्या समाधान गर्दै महाभूकम्पका पीडितलाइ राहत दिने कार्यारम्भ गर्न आग्रअ गर्नु भएको थियो ।

त्यस्तै काँग्रेसका नेत्री एवम विदेश विभाग प्रमुख सुजाता कोइरालाले भूकम्पले दिएको पीडा नसकिदै भारतले अघोषित रूपमा नाकाबन्दी गरी नेपालीलाई थप पीडा दिएको बताउनुभएको थियो । कार्यक्रममा सूचना आयोगका आयुक्त किरण पोखरेल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, महिला विभाग प्रमुख बाला अधिकारीलगायतले चाडवाडको समयमा आपूर्ति समस्या समयमा सुल्झाउन सरकारलाई आग्रह गर्नुभएको थियो ।