बुधबार, बैशाख १२, २०८१

निगमले भन्यो- इन्धनको मौज्दात सकियो अव इन्धन दिन सक्दैनौ

उपभोक्तालाई ग्यास, पेट्रोल,डिजेल र मट्टितेलको लाइनमा
नबस्न निगमको आग्रह

काठमाडौ कात्तिक २४, नेपाल आयल निगमको मौज्दात पनि सकिनु र  विगत    पाँच दिनदेखि नेपाल–भारत नाकाबाट इन्धन आयात प्रायःठप्प भएका कारण    निगमबाट तत्कालका लागि कुनै पनि इन्धन उपलब्ध नहुने बताएको छ ।  निगमले आइतवार पत्रकार एक सम्मेलन गरी इन्धन आयात गर्न नसकिएको र निरन्तर nepal-oil-nigamप्रयास गर्दा पनि उपयुक्त वैकल्पिक उपायसमेत पहिल्याउन नसकिएको भन्दै निगमले यस्तो उपभोक्तालाई तत्काल इन्धन उपलब्ध गराउन नसकिने जनाउँ दिएको हो ।

पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भने निरन्तर प्रयासका वावजुद पनि आयातको स्थिती सहज हुन नसकेका कारण यस्तो अवस्था आएको बताउँदै अव माथिल्लोस्तरबाटै समस्याको समाधान गरिनपर्छ ।
त्यस्तै नेपाल–भारत नाकामा ६६ ट्याङ्कर पेट्रोल, २५१ ट्याङ्कर डिजेल, चार ट्याङ्कर मट्टितेल र ३५१ बुलेट ग्यास अड्किएको र निगमको सूचना नआउँदासम्म लाइन नबस्न पनि निगमले आम उपभोक्तामा अनुरोध गरेको छ ।