शनिबार, बैशाख १५, २०८१

अव १० हजार संभावित आप्रवासी कामदारलाइ निःशुल्क सीप तालिम

काठमाडौं मार्ग १०, वैदेशिक रोजगारीकाको क्रममा कुनै सीप विना जाँदा नेपाली कामदाहरुले भोग्नु परेको यावत समस्यालाई दृष्टिगत गर्दै आप्रवासी कामदारहरुलाई निःशुल्क सीप तालिम प्रदान गर्ने लक्ष्य सहित वैदेशिक रोजगार प्रवद्र्धन वोर्ड र सुरक्षित आप्रवासन परियोजना (सामी) बीच विच दुई पक्षीय समझदारी पत्रमा आज हस्ताक्षर गरिएको छ ।

प्रस्तुत सम्झौता अनुरुप यस वर्ष १०,००० संभावित आप्रवासी कामदारहरुलाई निःशुल्क सीप तालिम प्रदान वैदेशिक रोजगार प्रवद्र्धन वोर्ड र सामी परियोजनाको तर्फबाट स्वीस सरकार विकास सहयोगमा एसडिसिले संयुक्त रुपमा सीप तालिम संचालनका लागि आवश्यक बजेट उपलब्ध गराउने भएको छ । तालिमको क्रममा संभावित आप्रवासी महिला तथा पुरुष कामदारलाई विल्डिङ इलेक्ट्रिसीयन, शटरिङ कारपेन्ट्री, स्काफोल्डीङ, मेशन, प्लम्विङ, गारमेन्ट टेलरिङ, क्लिनिङ÷हाउसकिपिङ र वेट्रेस जस्ता व्यवसायिक सीप विकास तालिम प्रदान गरिने जनाएको छ ।

यसैगरी तालिम पछि गन्तव्य मुलुकबाट सीपयुक्त कामदारको माग बढ्दो क्रममा रहेको तथा सीपयुक्त र सम्मानजनक रोजगारमा नेपाली कामदारहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुँनुको अलावा कामदारमा तलबको उचित माग राख्न सक्ने, कामको दौरान सुरक्षात्मक विधि अवलम्वन गर्न सक्नाको साथै उनिहरुका पदोन्नति र स्तरवृद्धि हुने समेत अपेक्षा गरिएको छ ।