शनिबार, बैशाख १५, २०८१

सभामुख नेम्वाङ्गसँगै उपसभामुख घर्तीलेपनि आज आफ्नो पदबाट दिए राजीनामा

सहमतिमा सभामुख चयन हुन नसके  शुक्रबार आश्विन२९ गते  सभामुखको चुनाव हुने

काठमाडौं आश्विन २७,    काठमाडौं आश्विन २७, सभामुख सुवास नेम्वाङ्गसँगै उपसभामुख ओन्सरी घर्तीले पनि आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। आज बस्ने संसद बैठकअघि नयाँ निर्वाचनका लागि भन्दै नै उहाँहरुदुवैले राजीनामा दिनु भएको हो ।
photosसभामुख सुवास नेम्वाङ्गसँगै उपसभामुख ओन्सरीघर्तीमगरले पनि राजीनामा दिएपछि आजको संसद बैठकमा सभामुख र उपसभामुख दुवै पद खाली भएको संसद सचिवालयले जानकारी गराईएको थियो ।
त्यसपछि संसदका सदयेष्ठ सदस्य लक्ष्मण राजवंशीले संसद बैठकको अध्यक्षता गर्दै सहमतिमा सभामुख चयनका लागि विहीबार ३ बजेसम्मको समय तोक्नु भएको थियो । त्यस्तै बैठकले राप्रपा नेपालका पूर्वसभासद चन्द्रबहादुर गुरुङको निधनमा शोक प्रस्ताव पारित गर्दै विहीबार ३ बजेसम्मका लागि स्थगित गरिएको जनाउ दिनु भएको थियो ।

    त्यस्तै आजको बैठकले  निर्धारण गरेअनुरुप  सहमतिमा सभामुख चयन हुन नसके शुक्रबार अपराह्न ३ बजे सभामुखको निर्वाचन हुनेछ भने अपराह्न ५ बजे उपसभामुखको निर्वाचन हुने र    यसअघि प्रधानमन्त्री चयनको प्रक्रिया जस्तै गरी सभामुख र उपसभामुख नयाँ छानिन लागेको हो ।