शनिबार, बैशाख १५, २०८१

एनआरएनए नेतृत्वका लागि झा,कार्की र घलेको उम्मदवारी दर्ता, त्रिपक्षिय भिडन्त हुँदै

काठमाडौ आश्विन २७ गैरआवासीय नेपाली सङ्घ एनआरएनएको नयाँ नेतृत्वको विहिवार हुने निर्वाचनमा विहिवार सम्ममा कुनै सहमति नभएको खण्डमा त्रिपक्षिय भिडन्त हुने भएको छ ।
Untitled-1पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता रहेको ।सङ्घको आजबाट सुरु भएको ७ औं अधिवेशनबाट नयाँ कार्यसमितिका लागि अध्यक्षमा वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टिबी कार्की र पूर्व महासचिव रतनकुमार झाले उम्मदवारी दर्ता गराएपछि त्रिपक्षिय भिडन्तको संभावना प्रवल भएको हो ।
त्यस्तै उपाध्यक्ष पदमा पनि वर्तमान उपाध्यक्ष भुवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसी, नरेन्द्रबहादुर भाट, शमशेरसिंह थापाले उम्मेदवारी दर्ता गराउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ भने महासचिव र सचिव पदका लागि क्रमस डा बद्री केसी, पुष्पराज तिमल्सिना, ल्लृख गरिएको पुष्प थापा र रञ्जु थापा र सचिवमा अर्जुनकुमार श्रेष्ठ, धरम केसी, गणेश केसी र सुरेन्द्रबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन । यसैगरी कोषाध्यक्ष पदमा भैरवप्रसाद ढकाल, चिरञ्जीवी थापा, हिक्मतबहादुर थापा, राजेन्द्र शिवाकोटी र यमकुमार गुरुङले आफ्नो दावी प्रस्तुत गर्दै उम्मेदवारी दिएका छन ।