बिहिबार, चैत्र १५, २०८०

एमाओवादीले ओनसरीलाई सभामुखको उम्मेदवार तोक्यो

काठमाडौ आश्विन २८, एमाओवादीले सभामुखमा निवर्तमान उपसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाओवादी अध्यक्ष download (28)पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले सभामुखमा घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले उपप्रधानमन्त्री एवम् गृह मन्त्रालयको जिम्मा महासचिव कृष्णबहादुर महरालाई दिने विषयमा छलफल भएपनि अन्तिम निर्णय भने भइसकेको छैन । यस्तै, पार्टी सचिव एवम् संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, अग्निप्रसाद सापकोटा, शक्ति बस्नेतलगायत नेता पनि मन्त्री बन्ने निश्चित भएका छन ।  यसअघि एमाओवादीका तर्फबाट कोषाध्यक्ष हरिबोल गजुरेलले कृषि विकास मन्त्रालयको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।