शुक्रबार, बैशाख १४, २०८१

सरकारले गर्यो संविधान संशोधन विधेयक दर्ता

काठमाडौ आश्विन २०, मुलुकमा गत आश्विन ३ गते जारी नयाँ संविधान प्रति विमति जनाउँदै आन्दोलनरत मधेसी मोर्चालगायतका दलले उठाएका मागलाई images (11)सम्बोधन गर्न सरकारले संविधान संशोधन गर्ने विधेयक संसद् सचिवालयमा आज दर्ता गराएको छ ।  कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले उक्त विधेयक दर्ता गराउनुभएको संसद् सचिवालयले जनाएको छ ।

एकातर्फ मधेसी मोर्चालगायतका दलले समानुपातिक समावेशी र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, सङ्घीय प्रदेशको सीमा निर्धारणलगायत विभिन्न माग राखी जारी राखेको आन्दोलन र अर्कोतर्फ भारतको अघोषित नाकाबन्दीका कारण सिर्जना भएको समस्याको कारण आम नेपालीको दैनिकी प्रभावित बन्दै आइरहेको छ ।