शनिबार, बैशाख ८, २०८१

सीमा नाकामा भइरहेको अवरोधलाई सम्बोधन गर्न आयोगको आग्रह

आधारभूत मानव अधिकारको अवस्था नाजुक हुँदै  गएकोमा  चिन्ता प्रकट

काठमाडौ आश्विन २० , मानव अधिकार आयोगले पेट्रोलियम पदार्थलगायतको नियमित आयात र आपूर्तिमा अवरोधका कारण आम नागरिकको दैनिक जीवन कष्टकर भएको र आधारभूत मानव अधिकारको अवस्था नाजुक हुँदै गएका प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चिन्ता प्रकट गरेको छ ।
Nepal-Human-right-comission
आयोगद्दारा आज जारी  विज्ञप्तिमा दुई महिनाभन्दा लामो समयदेखि तराई मधेस क्षेत्रमा भएको बन्द, हडताल र असोज ६ गतेदेखि पेट्रोलियम पदार्थलगायतको आयात र आपूर्तिमा अवरोधका कारण नागरिकको जीवन कष्टकर बन्दै गएको र यसले मानव अधिकारको अवस्था निकै नाजुक भएको अवस्था प्रति सरकारलगायत सम्बन्धित सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछ भनिएको छ ।
त्यस्तै विज्ञप्तिमा आयोगले जनजीवनन्र प्रभावित हुँने गरि सीमा नाकामा भइरहेको अवरोधलाई यथाशीघ्र वार्ता र संवादका माध्यमबाट तत्काल समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ ।