शुक्रबार, चैत्र १६, २०८०

आज बस्ने मन्त्रिपरिषद बैठकले जारी नाकाबन्दीको सवालमा नितिगत निर्णय गर्ने , दशैं बिदा १५ दिने तयारी

काठमाडौं आश्विन २१ , आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । आजको बैठकमा मुलत भारतले जारी राखेको अघोषित नाकाबन्दी एवम् images (12), तराइ आन्दोलन र त्यसका समाधानका विषयमा छलफल गर्ने तयारी रहेको बुझिएको छ ।

यसैबीच भारतको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको जनाउँदै गृह मन्त्रालयले आसन्न दशैं बिदा १५ दिन आश्विन २६ देखि कात्तिक १० सम्म दिनु पर्ने राय सहितको प्रस्ताव ल्रजाने तयारी गरेको सम्वद्ध स्रोतबाट बुझिएको छ ।  प्रस्तुत तयारी अनुसार सरकारी कार्यालयले लगातार १५ दिन आश्विन दशैं बिदा कायम हुँने भएको छ । यसअघि सरकारी कार्यालय सप्तमीदेखि द्वादशी र कोजाग्रत पूर्णिमा गरि जम्मा ७ दिनमात्र र बिदा दिइँदै आएको थियो ।