शुक्रबार, बैशाख १४, २०८१

भूपरिवेष्टित देशले पाउने पारवाहन अधिकार प्रयोग गर्न सरकालाइ समाजको आग्रह

काठमाडौ आश्विन १५, प्रजातान्त्रिक विचार समाजले दैनिक आपूर्तिलाई सहज बनाउन नेपालले भारतसँगको सबै नाका खुलाउन तत्काल पहल गर्न सरकारसित 12115762_908841999197680_4496082763785384558_nआग्रह गरेको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नु भएको हो ।

त्यस्तै समाजद्दारा जारी उक्त विज्ञप्तिमा भारतले अघोषित रूपमा आफ्नो सीमाबाट आवातजावत गर्न मालवाहक साधनलाई रोक्ने कार्य आपत्तिजनक भएको भन्दै भूपरिवेष्टित देशले पाउने पारवाहन अधिकारलाई नेपालले प्रयोग गर्न ढिलाइ नगर्न सुझाव दिएको छ ।  त्यस्तै संविधानप्रति असहमति राखी तराई मधेसमा भइराखेका आन्दोलनलाई वार्ता, सहमति र सहकार्यका माध्यमबाट समाधान गर्न सरकार र आन्दोलनरत पक्षलाई आग्रह गरिएको छ ।