शनिबार, बैशाख ८, २०८१

दूधमती किनारमा भेटिएका ७ शवका सम्बन्धमा आयोगले अनुसन्धान गर्ने

काठमाडौ आश्विन १५ , राष्ट्रिय मानवअधिकार आयोगले जनकपुरस्थित बसविट्टी गाउँ नजिकको दूधमती किनारमा भेटिएका शवका सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ ।  आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा आश्विन १४ गते धनुषा जिल्लाको हुलाकी सडकमा मानव साङ्लो NHRC Press Releaseबनाउने लोकतान्त्रिक मधेसी मोर्चाको कार्यक्रमको अनुगमनका सन्दर्भमा आयोगको क्षेत्रीय कार्यालय जनकपुरबाट टोली खटिँदा गाड्नका लागि रिक्सामा लैजाँदै गरिएको तीन मानव शव स्थानीय बासिन्दाले घेराउ गरी गाड्न नदिई विवाद उत्पन्न भएको जनाएको छ ।

शव लिई जाने दुई रिक्सा चालक र एक सहयोगीसँग सोधपुछ गर्दा सोही नदीको किनारमा गाडिएका थप चार शव खनेर निकालिएको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको विज्ञप्तिमा उल्लेख छ ।    त्यस्तै आयोगले घटनाका सम्बन्धमा सत्यतथ्य सार्वजनिक हुनुअघि नै उक्त घटनालाई लिई असामान्य परिस्थिति सिर्जना हुन नदिई अनुसन्धान प्रक्रियालाई आवश्यक सहयोग पु¥याउन आन्दोलनरत राजनीतिक दल तथा प्रहरी प्रशासनलाई आग्रह गर्दै घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न आयोगले केन्द्रीय कार्यालयबाट समेत अनुसन्धान टोली खटाएको पनि उल्लेख गरिएको छ ।