सोमवार, बैशाख १७, २०८१

प्रम कोइराला र वरिष्ठ नेता नेपालवीच भेटवार्ता: नयाँ प्रममा अध्यक्ष ओलीलाई सघाउन आग्रह

काठमाडौं आश्विन २२,  नेपाली काग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई नेपाल (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रम निवास images (29)पुगेर अब बन्ने सरकारको नेतृत्व आफ्नो दलका अध्यक्ष केपी ओलीलाई समर्थन गर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै प्रम संगको भेटमा नेता नेपालले विगतमा भएका सहमति, सोह्रबुँदे सहमतिलगायत सम्झौताको परिपालना गर्दै यसपटक मुलुकको वर्तमान अवस्थाको अन्त्य, संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनः निर्माणका लागि पनि अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुनु अपरिहार्य रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।