शनिबार, बैशाख ८, २०८१

मछिन्द्रनाथको भोटो आश्विन २५ गते देखाइने

काठमाडौ आश्विन २२ , वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको वर्ष ०७२को भोटो आगामी सोमबार मध्याह्न ४ बजे राष्ट्रप्रमुखको प्रमुख आतिथ्यमा देखाउने तयारी रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।

मछिन्द्रनाथको रथलाई जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने प्रचलन अनुसार यसपटक भने १२ वषको जात्रा भएक कारण जावलाखेलमा भोटो देखाएपछि सोही दिनदेखिनै रथलाई निर्माण गरिएको स्थान बुङ्मती पु-याइएको चार दिनपछि पुनः दोस्रो पटक सोही स्थानमा रहेको जावलाखेलमा भोटो देखाइने भएको छ ।