बुधबार, बैशाख २६, २०८१

कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने विभागको तयारी

काठमाडौ आश्विन २१ वाणज्य तथा आपूर्ति व्यवस्थापन विभागले पेट्रोलियम पदार्थको कालोबजारी गरिएमा कडा कारबाही गर्ने जनाएको छ । नेपाल आयल download (21)निगमले मौज्दातमा रहेको इन्धन वितरण गर्दै बजारलाई सामान्य बनाउने प्रयास गरिरहेका बेला त्यसरी वितरण गरिएको पेट्रोलियम पदार्थसमेत कालोबजारी हुन थालेको भनी उजुरी आउन थालेपछि विभागले कडारुपमा अनुगमन गर्न सुरु गरेको हो ।

त्यस्तै विभागका अनुसार संकटको समयमा ‘‘राष्ट्रिय एकता देखाउँदै सहकार्य गर्नु पर्ने समयमा कालोबजारी गरेमा कडा कारबाही गर्ने चेतावनी दिदै प्राप्त सूचना र अनुगमनको क्रममा स्थानीय प्रशासनसँग मिलेर छापा मार्ने चेतावनी दिएको छ ।