शुक्रबार, बैशाख १४, २०८१

विभागद्दारा केयर गिभरको रुपमा इजरायल जान आवेदन माग

काठमाडौ आश्विन २१ इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान चाहनेलाई वैदेशिक रोजगार विभागले आज आवेदन माग गरेको छ । यसका लागि २५ देखि ४५ वर्ष उमेरभित्रका पुरुष र महिलाले सो पदमा आवेदन दिन पाउने विभागले जनाएको छ ।

zrcbq4tdwciZ6e1nत्यस्तै विभागद्दारा जारी सूचनामा इजरायल जान चाहनेहरुले कात्तिक २५ गतेभित्रमा आवेदन दिनुपर्ने जनाउँदै हिब्रु वा अङ्ग्रेजी भाषा जानेको, कामदारका लागि कम्तिमा प्रवेशिका परीक्षा उत्तीर्ण, ४५ किलो तौल भएको र पाँच फिट उचाईलगायत १३ वटा मापदण्ड विभागले तोकेको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच गत श्रावण २२ गते पाइलट प्रोजेक्ट परियोजनाको रुपमा पहिलो चरणमा ३०० जनालाई घरेलु कामदारको रुपमा लैजाने सम्झौता भएको थियो । प्रस्तुत सम्झौता अनुरुप सरकारले यसअघिनै तीन महिनाको केयर गिभरको तालिम लिइ प्रथम चरण उत्तीर्ण भएकामध्येबाट ५० देखि ६० जनालाई तत्कालै रोजगारीका लागि इजरायल पठाइने भएको छ ।