शुक्रबार, बैशाख १४, २०८१

पत्रकार रिमाललाई मात्रृ शोक, युनियनद्दारा दु:ख व्यक्त

काठमाडौं आश्विन २४, दी हिमालयन टाइम्सका सम्पादक तथा अग्रज पत्रकार प्रकाश रिमाललाई मात्रृ शोक परेको छ। सम्पादक रिमालको ७६ वर्षिय आमा हिम press realese-prakash rimal-mother-death-2072-6-23कुमारी रिमालको गएराती साँढे ११ बजे निधन भएको हो ।  नेसनल क्यान्सर हस्पिटलमा फोक्सोको क्यान्सरको उपचार गराउने क्रममा उहाँको निधन भएको हो। दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल सहित स्वर्गीय रिमालका ३ छोरा र ५ छोरी हुनुहुन्छ।

अग्रज पत्रकार प्रकाश रिमाललाई मात्रृ शोक परेको यो दुखद खबरले नेपाल प्रेस युनियन मर्माहत भएको छ। युनियन स्वर्गीय हिम कुमारी रिमालको आत्माको चीरशान्तिको कामना गर्दै यस शोकको घडीमा अग्रज पत्रकार रिमाल सहित शोक सन्तप्त रिमाल परिवारमा समवेदना प्रकट गरेको छ ।