शुक्रबार, चैत्र १६, २०८०

सुरक्षाकर्मीबाट भएको आक्रमणको भत्र्सना

काठमाडौं आश्विन २२ , नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका प्रतीक श्रेष्ठ, हिमालय टेलिभिजनका हिमाल खड्का र नेपालीपत्र साप्ताहिकका ब्रम्हदेव यादवमाथि विराटनगरमा सुरक्षाकर्मीले गरेको दुव्र्यवहार र कुटपिटको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको release 22 asojजनाएको छ ।
महासंघ मोरङ शाखाला उदृत गर्दै महासंघका महासचिव उजिर मगरद्दारा आज जारी प्रेसविज्ञप्तिमा विराटनगरको महावीरचौकमा २०७२ आश्विन २१ गते मधेश केन्द्रित आन्दोलनको समाचार संकलनमा पुगेका पत्रकारमाथि पत्रकारको परिचय दिँदादिँदै सुरक्षाकर्मीद्वारा दुव्र्यवहार गर्दै जथाभावी लाठ्ठी प्रहार गरेको नागरिकलाई सुसूचित गराउने जिम्मेवारीमा जुटेका पत्रकारमाथि सरक्षाकर्मीबाटै आक्रमण हुनु आफैंमा गैरजिम्मेवार र निन्दनीय कार्य भएको भन्दै उक्त घटनाको भत्र्सना गर्दै दोषीमाथि तत्काल कारबाही गरी पत्रकारलाई निर्वाध प्रेस स्वतन्त्रता र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।