शुक्रबार, बैशाख १४, २०८१

ज्येष्ठ नागरिकलाई माया र स्नेहको खाँचो छ : हिमानी शाह

हिमानी ट्रष्टद्दारा लत्ताकपडा वितरण 12032245_10206718038102992_2621768075665598655_n

काठमाडौ आश्विन १४ हिमानी कोषले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज करिब रु १५ लाख बराबरको लत्ताकपडालगायतका सामग्री धादिङको भद्रकाली ज्येष्ठ नागरिक आश्रमलाई वितरण गरेको छ ।
त्यस अवसरमा कोषकी अध्यक्ष हिमानी शाहले रु एक करोड ६० लाखको लागतमा नवनिर्मित सो आश्रमको उद्घाटन क्रममा समाजमा रहेका ज्येष्ठ नागरिकलाई सम्मान र आदर गर्नुपर्ने विचार व्यक्त गर्दै ज्येष्ठ नागरिकलाई माया र स्नेहको खाँचो रहेको बताउँनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।