बुधबार, बैशाख २६, २०८१

जोर विजोर प्रणालीको अवज्ञा गर्ने चार सय १२ वटा सवारीसाधन माथि कारवाही

काठमाडौ आश्विन १४ , भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या सिर्जना भएपछि सरकारले लागु गरेको जोर–बिजोर प्रणाली अनुरुप आजबाट कडाई साथ लागू गर्ने क्रममा नियम नमान्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्न सुरु गरेको छ । यसक्रममा यो समाचार docतयार पार्दा सम्म चार सय १२ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै यसमा तीन सय ५६ मोटरसाइकल तथा ७२ वटा कार छन् । दिनभर नियन्त्रणमा राखेपछि उनीहरुलाई साँझ सम्झाएर छाडिने बताइएको छ । सरकारले गत आइतबारको देखि जोर बिजोर बिजोर सवारीसाधन चलाउनुपर्ने नियम लागू गरे पनि जोरविजोर प्रणालीको अवज्ञा भएपछि महानगरीय ट्राफिक महाशाखाले अस्पताल, पर्यटक, विद्यालय, सञ्चार गृह, दूध, खानेपानी, खाद्यान्नलगायतका सवारी साधनबाहेक अरू साधनमाथि आजबाट कडा अनुगमन थालेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930