मङ्लबार, बैशाख ११, २०८१

भारतको झन्डा वा पुत्ला जनाउँने जस्ता अर्मादित कार्य नर्गन प्रधानमन्त्रीको आग्रह

काठमाडौ आश्विन १४,  पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्याको समाधान र तराई मधेसको आन्दोलन वार्ताबाट निकास खोज्न आग्रह गर्दै आज बिहान 12049465_10153654525567329_8447794893603937145_n प्रधानमन्त्री सुशील कोइरालालाइ ९ वटा विद्यार्थी सङ्गठनको प्रतिनिधीमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएका छन ।

विद्यार्थी सङ्गठनको ज्ञापन पत्र पत्र बुझ्दै प्रम कोइरालाले नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको अवरोध कूटनीतिक पहलबाट चाँडो खुलाउन प्रयास भइरहेको भन्दै यसवीचमा भारतको झन्डा जलाउने वा विशिष्ट व्यक्तिको पुत्ला जनाउँने जस्ता अर्मादित कार्य नर्गन आग्रह गर्नुभएको छ ।

विद्यार्थी प्रतिनिधीमण्डलमा नेवि सङ्घका अध्यक्ष रञ्जित कर्ण, अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ललगायत नौ विद्यार्थी सङ्गठनका प्रतिनिधि सहभागी रहेको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनु भएको छ ।