शुक्रबार, बैशाख १४, २०८१

ऊर्जामन्त्री ज्ञवाली पदमुक्त ,खेलकुदमन्त्री पौडेलले दिए राजीनामा

काठमाडौँ आश्विन ४,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलु करिडोर प्रसारण लाइन निर्माणमा मन्त्री ज्ञवालीले अनियमितता गरेको भन्दै कारबाहीका urja mantdownload (14)लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले ऊर्जामन्त्री राधा ज्ञवालीलाई पदमुक्त गर्नुभएको छ । प्रधानमन्त्रीले मन्त्री ज्ञवालीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गर्नुभएको बुझिएको छ ।

त्यस्तै यसैवीच युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आफ्नो पदबाट राजीनामा दिइसक्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा विवादित व्यक्तिलाई नियुक्त गरिएको विषयमा आयोगले मन्त्री पौडेललाई विभागीय काराबाही गर्न निर्देश गरेपछि उहाँले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको हो ।