शुक्रबार, बैशाख १४, २०८१

काँकडभिट्टा बेलहिया नाका खुल्यो ,४६ वटा पेट्रोलियम पदार्थका गाडी नेपाल भित्रियो

 काठमाडौं  आश्विन २५,  भारतको अघोषित नाकाबन्दीका कारण बन्द रहेको सीमा नाका बेलहिया आजदेखि खुल्नुको अलावा उक्त बेलहिया नाकाबाट आज साँझसम्ममा दुईवटा पेट्रोल, दुईवटा डिजेल, तीनवटा ग्यास बुलेट, चारवटा अक्सिजनसहित अन्य खाद्यान्न बोकेका ट्रक तथा टुरिस्ट बस गरी १०० भन्दा बढी download (20)साधन नेपाल प्रवेश भएको थाहा भएको छ ।
यसैवीच पूर्वी नाका काँकडभिट्टाबाट आज साँझसम्ममा २४ वटा पेट्रोलियम पदार्थका गाडी नेपाल भित्रिएको समाचार प्राप्त भएको छ । मेची भन्सार कार्यालयका अधिकृत दीपेन्द्र झालाइ उदृत गर्दै प्राप्त समाचारमा २२ ट्याङ्कर डिजेल, एक ट्याङ्कर मट्टितेल र एक ट्याङ्कर हवाई इन्धन नेपाल भित्रिएको समाचारमा उल्लेख गरिएको छ ।